युएईका कप्तान रोहन मुस्ताफालाई ठूलो झड्का, ८ हप्ता अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध
काठमाडौँ । हाल नेपालमा एभरेष्ट प्रिमियर लिग खेलिरहेका युएईका कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ८ हप्ताको लागि प्रतिवन्धित भएका छन्।
एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा खेलाडीको कोड अफ कन्डक्ट उल्लङघन गरेको र सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा आपत्ती जनाउँदै एमिरेट्स क्रिकेट बोर्डले कप्तान मुस्ताफासहित अहेमद राजा र रमिद शेहजादलाई प्रतिवन्ध लगाएको हो। बोर्डले बुधवार विज्ञप्ती जारी गर्दै यी तीन खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्न ८ हप्ताको लागि प्रतिवन्ध लगाएको जनाएको छ।
इमिर्जिङ कप अन्तर्गत श्रीलंकामा खेलेको युएईले समूह चरण पार गर्न सकेको थिएन। वर्षाका कारण अन्तिम समूह्य खेल रद्ध भएपछि मुस्ताफाले आपत्ति जनाउँदै सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असन्तुष्टि राखेका थिए। उनले अहमेद राजा लगायत अन्यको ट्वीट पनि रि-ट्वीट गरेका थिए। यस्तै पछि माफी समेत मागेका थिए।

मुस्ताफा हाल टीयू मैदानमा भइरहेको इपीएलमा काठमाडौँ किंग्स ११ बाट खेलिरहेका छन्। यी तीन खेलाडीलाई प्रतिवन्ध लागेपछि आगामी महिना नेपाल र युएईबीच हुने सम्भावना रहेको ओडिआई सिरिज र टी-२० सिरिजमा उनीहरु खेल्न नपाउने सम्भावना बढी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment