आफ्नो पक्षमा धेरै भोट आउन थालेपछि हौसिँदै मतगणनास्थल पुगिन् सिर्जना
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा आफ्नो पक्षमा देरै मत आउन लागेपछि हौसिएकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छिन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह पुगेकी हुन् । पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बर वडामा धेरै भोट आएपछि उनी मतगणनास्थल पुगेको बताइएको छ ।
पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार ८४२ मत पाएका छन् । दोस्रोमा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।





प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment