ललितपुर महानगरमा ७७६२ मतले चिरीबाबु मर्हजन अगाडि
काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाब मर्हजनको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार ३४३१९ मत गणना हुँदा महर्जनले १७८९१ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
नेकपा (एमाले)का मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले दश हजार १२९ मत पाएका छन् । मर्हजन एमालेका उम्मेदवार व्यञ्जनकार भन्दा ७७६२ मतले अगाडि रहेका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले ९९३५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ७१६८ मत ल्याएका छन् ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment