भरतपुरमा ४९५१६ मतगणना हुँदा रेणु ३३३८ मतले अगाडि
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले निरन्तर अग्रता कायम गरिरहेकी छिन् । ४९,५१६ मत गणना हुँदा उनले १८,७१३ मत ल्याएकी छिन् ।
पछिल्लो मतपरिणाम अनुसार रेणु एमालेका विजय सुवेदी भन्दा ३३३८ मतान्तरले अगाडि रहेकी छिन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३६५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २१,२९३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १२,२४७ मत ल्याएकी छिन् ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment