ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

डिसी नेपाल
६ जेठ २०७९ १२:२९
56
Shares

काठमाडौं। ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन्।

उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन्।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन्।

उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा ५ हजार ९३२ मत खसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.