ओसिलो मैदानका कारण टस ढिला हुने

डिसी नेपाल
६ जेठ २०७९ १३:१७
72
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाविरुद्धको चौथो टी-२० खेलको टस ओसिलो मैदानका कारण प्रभावित बनेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

पाँच खेलको टी २०-शृंखला दुई खेल अगावै नेपाल पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *