‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

डिसी नेपाल
६ जेठ २०७९ १४:२३
344
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन्।

कांग्रेस सांसद गगन थापाले उक्त घटनाबारे कुरा उठान गरेका थिए। ८ वर्ष पुरानो बलात्कार प्रकरणमा तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको ध्यानाकर्षणपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन्।

‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने।

‘ब्यूटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेको भन्दै युवतीले भिडियो सार्वजनिक गरेकी छिन्। भिडियो सार्वजनिक भएपछि उक्त प्रकरण सामाजिक सञ्जाल हुँदै संसदसम्म पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.