भरतपुर महानगरमा रेणु ३ हजार १८५ मतले अगाडि
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले निरन्तर अग्रता कायम गर्दै गएकी छिन् । ५८१३४ मत गणना हुँदा उनले २१९६४ मत प्राप्त गरेकी छिन् ।
रेणु उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदी भन्दा ३१८५ मतले अगाडि रहेकी छिन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १८७७९ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८२२३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment