स्रोतको अभाव हुनसक्छ, सहयोग उपलब्ध गराइदिनुस्ः शिक्षामन्त्री पौडेल

डिसी नेपाल
६ जेठ २०७९ १८:५९
112
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि(आइसीटी) माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । विकास साझेदार एवम् विज्ञसँग आज मन्त्रालयमा आयोजित प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कोभिडको समयमा गुमेको सिकाइ क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले समयवद्धरूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाए । “शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ,” मन्त्री पौडेलले भने, “यी कार्य पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुपर्‍यो ।”

प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार, सिकेको ज्ञान र सीपलाई रोजगारी, आयआर्जनसँग आवद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षणरुपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताउनुभयो । विद्यार्थीको सिकाइ उपलब्धी बढाउने विषय र शिक्षक र अभिभावबीचमा निरन्तर संवाद गर्ने विषयसमेत सुधारको प्राथमिकताका क्षेत्र रहेको बताउँदै शिक्षकको पेशागत सहयोग र जवाफदेहीता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । बैठकमा विकास साझेदारीका प्रतिनिधिले भुकम्पपछि विद्यालय पुनःनिर्माण, शिक्षा र शिक्षण सिकाइ प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.