अमेरिकी उपमन्त्री जिया जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा

डिसी नेपाल
७ जेठ २०७९ १०:२९
560
Shares

काठमाडौं। तिब्बती धार्मिक नेता दलाई लामालाई भेट गरेर नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छन्।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहितको अमेरिकी उपमन्त्री जियाको टोली शनिबार विहान जाउलाखेल स्थित तिब्बती शरणार्थी शिविर भ्रमण गरेकी हुन्। उपमन्त्री जियाले शिविरको भौतिक एवं अन्य सुविधाका विषयमा विषयाबारे जानकारी लिएकी छिन्।

उपमन्त्री जियाले शिविरमा रहेका शरणार्थीहरुको स्वस्थ्य,शिक्षा लगायतका विषयको समेत अभिरुचीपूर्वक जानकारी लिएको त्यहाँ रहेका एक तिब्बतीले बताए। शिविरमा बस्ने तिब्बती शरणार्थीसँग उपमन्त्री जियाले केहीबेर अन्तरक्रिया समेत गरेकी थिइन्।

तिब्बती समुदायका अगुवाहरुले शरणार्थी परिचयपत्र नहुँदा कतिपय तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभूत कुराहरुबाट समेत वञ्चित हुनु परेको उपमन्त्री जियालाई सुनाएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकी उपमन्त्री जिया तिब्बती शरणार्थी शिवरमा जाने विषयबारे अनभिज्ञता प्रकट गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.