बालेनको मत ३४ हजार माथि, सिर्जनाले घटाइन् मतान्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३४ हजारभन्दा धेरै भइसकेको छ ।
अहिलेसम्मम ९३ हजार ६४७ मत गणना हुँदा बालेन्द्रले ३४ हजार १३० मत पाएका छन् । एमालेका केशव स्थापित १८ हजार ५४७ र कांग्रेसकी सृजना सिंहले १८ हजार ४२९ मत पाएकी छिन् ।
बालेनले केशव स्थापितसँग १५ हजार ५८३ र सृजना सिंहसँग १५ हजार ७०१ मतको अग्रता लिइरहेका छन् । पछिल्लो समय स्थापितको तुलनामा सृजनाको मत बढेको छ । सृजना स्थापितभन्दा ११८ मत मात्र पछि छिन् ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment