बालेनको मत ३६ हजार माथि, दोस्रोमा सिर्जना
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३६ हजारभन्दा धेरै भइसकेको छ ।
अहिलेसम्मम १ लाख बढी मत गणना हुँदा बालेन्द्र बालेनले ३६ हजार २२६ मत पाएका छन् । एमालेका केशव स्थापित १९ हजार ८५० र कांग्रेसकी सिर्जना सिंहले १९ हजार ९१० मत पाएकी छिन् ।
बालेनले सिर्जना सिंहसँग १६ हजार २९३ र केशव स्थापितसँग १६ हजार २३६ मतको अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment