रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

डिसी नेपाल
८ जेठ २०७९ ११:०७
80
Shares

सुर्खेत। बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ। शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ।

लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ। विद्युतमा हुने समस्यले गर्दा काममा बाधा पुगेको सेवाग्रहीहरू बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *