कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

डिसी नेपाल
८ जेठ २०७९ १४:३३
60
Shares

जुम्ला। जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन्। कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे। प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *