भरतपुरमा रेणुको ८ हजार ६६८ मतको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो विवरण अनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ६६८ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।
रेणुले अहिलेसम्म ३९ हजार १५६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ४८८ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ७३२ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१हजार ३७५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की हिमला गुरुङले २४ हजार १३० मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment