आठ वटा वडामा पछि पर्दा समेत बालेनको मत ४५ हजार माथि, साढे १८ हजारको अग्रता

डिसी नेपाल
९ जेठ २०७९ १०:५६
6.5k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४५ हजार माथि पुगेको छ । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहसँग झण्डै साढे १८ हजार मतले अग्रता बनाइरहेका छन् । ८ वटा वडामा पछि पर्दा समेत उनको मत यति धेरै भएको हो ।

बालेन शाहको मत सोमबार बिहान १० बजेसम्म ४५ हजार २७९ पुगेको छ । कांग्रेसकी सिर्जना सिंहले २६ हजार ७८८ र एमालेका केशव स्थापितले २५ हजार ९५८ मत पाएका छन् । बालेनले सिर्जनासँग १८ हजार ४९१ र स्थापितसँग १९ हजार ३२१ मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म बालेन कूल ८ वटा वडामा भने पछि परेका छन् । वडा नम्बर १२ टेकुमा बालेन तेस्रो छन् । यहाँ कांग्रेसको ११७८, एमालेको ९०१ मत आउँदा बालेनको ६५९ मत मात्र छ । यस्तै वडा नम्बर २१ ज्यावहालमा एमालेको ३७८, कांग्रेसको २७७ मत आउँदा बालेनको २४६ मत छ ।

वडा नम्बर २२ टेबहालमा एमालेको ४४९, कांग्रेसको ४१० मत आउँदा बालेनको ३५२ मत छ । वडा नम्बर २३ ओमबहालमा एमालेको ५२३, बालेनको ४६९ र कांग्रेसको ४०७ मत छ । यस्तै वडा नम्बर २४ मखनमा एमालेको ९१०, काँग्रेसको ७६० र बालेनको ६०२ मत छ ।

वडा नम्बर २५ जनबहालमा एमालेको ९९०, कांग्रेसको ७८८ र बालेनको ७३० मत छ । वडा नम्बर २७ महाबौद्धमा कांग्रेसको ९८४, एमालेको ९८१ र बालेनको ५५२ मत आएको छ । वडा नम्बर २८ पुरानो बसपार्कमा एमालेको ७४१, बालेनको ७१७ र बालेनको ७१० मत छ ।

बालेन माथि उल्लेख गरिएका ८ वडामा पछि परेका छन् । यी ८ वडाबाहेक अन्य १८ वडामा पनि मतगणना भइरहेको र केहीमा सकिइसकेको छ । अन्य १८ वडामा भने सबैमा बालेनको अग्रता छ ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.