काठमाडौंमा ७० प्रतिशत मतगणना सकियो, ५७ हजार गन्न बाँकी छँदा कसको मत कति ?

डिसी नेपाल
९ जेठ २०७९ १२:०२
10.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकामा ७० प्रतिशत मतगणना सकिएको छ । कूल १ लाख ९१ हजार १८६ मत खसेकोमा अहिलेसम्म १ लाख ३४ हजार ८७ मतगणना सकिएको छ । अब ५७ हजार ९९ मत गन्न बाँकी छ ।

७० प्रतिशत मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले साढे १८ हजारभन्दा बढीको अग्रता बनाएका छन् । अहिलेसम्मको गणनामा बालेन शाहले ४५ हजार ९ सय ८२ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएकी छिन् ।

एमालेका केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् । बालेनले सिर्जनासँग १८ हजार ५५९ र स्थापितसँग १९ हजार ५२८ मतको अग्रता बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.