स्थापित–सिर्जनाले आश गरेको ‘कोर एरिया’को भोट सुमन सायमीले लगिदिए

डिसी नेपाल
९ जेठ २०७९ १४:३७

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जारी मतगणनामा ठूलो अन्तरले अग्रता लिइरहेका छन् । उनको मत ४६ हजारभन्दा धेरै भइसकेको छ । दिउँसो २ बजेसम्मको गणनामा बालेनको भोट ४६ हजार ४७६ छ । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग १८ हजार ६७७ मतले अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेट अनुसार कांग्रेसकी सिर्जना सिंहले २७ हजार ७९९ मत पाएकी छिन् । एमालेका केशव स्थापितले २६ हजार ८६१ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।

कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशामा भने सुमन सायमीले पानी फेरिदिएका छन् । यहाँ बालेन शाहको मत एमाले कांग्रेसको भन्दा कम देखिएको छ । तर, जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो भने देखिएको छैन । यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ ।

अहिलेसम्म सुमन सायमीले पनि ६ हजार १९३ मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ । उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २४ प्रतिशत, डल्लुमा १४ प्रतिशत, भिमसेनस्थानमा १३ प्रतिशत, ज्याबहालमा ७ प्रतिशत, टेबहालमा १६ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *