काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग गर्दै गठबन्धनका तर्फबाट निवेदन
काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना पुनः दोहोर्याउन माग गर्दै महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमेयर पदका उम्मेदवार रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । उनको निवेदन दर्ता नम्बर ६७ मा दर्ता गरिएको छ ।
उम्मेदवार श्रेष्ठले मत गणनाका क्रममा उपमेयर पदमा आफ्नो चुनाब चिन्ह कलम र रुखमा समेत मत संकेत गरिएका मत पत्रहरु बदर गरिएकोमा विरोध जनाएका छन् । उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५१ (१) (ङ) को हवाला दिँदै यसरी उपमेयरमा कलम र रुखमा छाप लागेका मतपत्रमा रुखमा उम्मेदवार नै नभएकोले कलममा मत दिइएको मान्यता दिइ सदर गर्नुपर्ने माग गरेका छन् ।
उनले निवेदनमा रुख र कलममा छाप लागेका मतपत्रलाई बदर गरिँदा आफूले पाएको वैध मत समेत बदर गरिएको जिकिर गर्दै यसले उपविजेता हुने उम्मेदवार विजेता बन्ने र जित्ने उम्मेदवार उपविजेता हुने अवस्था आएको दावी गरेका छन् ।









डिसी नेपाल







Facebook Comment