बालेनको मत ४७ हजार नजिक
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जारी मतगणनामा ठूलो अन्तरले अग्रता लिइरहेका छन् ।
दिउँसो ४ बजेसम्मको गणनामा उनको मत ४७ हजार नजिक पुगेको छ । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग १८ हजार ८३८ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो अपडेट अनुसार बालेनको भोट ४६ हजार ९९० छ । कांग्रेसकी सिर्जना सिंहले २८ हजार १५२ मत पाएकी छिन् । एमालेका केशव स्थापितले २७ हजार ३१३ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment