भरतपुरमा एमालेका प्रतिनिधि गणनास्थलमा छिरेर मतपत्र समातेपछि…
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका एक जना प्रतिनिछि तारबार गरिएको गणनास्थलमा छिरेपछि विवाद भएर गणना रोकिएको हो । नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेको बताइएको छ ।
गणनास्थल भित्र छिरेर मतपत्र पट्याउन थालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्।
एमालेले ती प्रतिनिधिलाई छोड्नुपर्ने अनिमात्रै गणना सुरु गर्नुपर्ने अडान लिएको छ। करिब चार बजेतिर यो घटना भएको हो। एमालेले पठाएका प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो। तर उनी कर्मचारी नभएको अन्य प्रतिनिधिले बताएपछि मतपत्र पट्याउँदै गर्दा प्रहरीले समातेर नियन्त्रणमा लिएको थियो। ती प्रतिनिधि अहिले प्रहरी हिरासतमा छन्।







डिसी नेपाल







Facebook Comment