काठमाडौंमा फेरि मतगणना गर्ने गठबन्धनको मागलाई निर्वाचन कार्यालयले ‘असम्भव’ भन्यो

डिसी नेपाल
९ जेठ २०७९ १७:२८
1.4k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना पुनः दोहोर्याउन माग गर्दै महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमेयर पदका उम्मेदवार रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । उनको निवेदन दर्ता नम्बर ६७ मा दर्ता गरिएको छ ।

उम्मेदवार श्रेष्ठले मत गणनाका क्रममा उपमेयर पदमा आफ्नो चुनाब चिन्ह कलम र रुखमा समेत मत संकेत गरिएका मत पत्रहरु बदर गरिएकोमा विरोध जनाएका छन् । उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५१ (१) (ङ) को हवाला दिँदै यसरी उपमेयरमा कलम र रुखमा छाप लागेका मतपत्रमा रुखमा उम्मेदवार नै नभएकोले कलममा मत दिइएको मान्यता दिइ सदर गर्नुपर्ने माग गरेका छन् ।

उनले निवेदनमा रुख र कलममा छाप लागेका मतपत्रलाई बदर गरिँदा आफूले पाएको वैध मत समेत बदर गरिएको जिकिर गर्दै यसले उपविजेता हुने उम्मेदवार विजेता बन्ने र जित्ने उम्मेदवार उपविजेता हुने अवस्था आएको दावी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने निर्देशिकाअनुसार नै मतगणना भइरहेकोले श्रेष्ठले माग गरेजस्तो पुनः मतगणना गर्न असम्भव भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.