बालेनको समर्थनमा बनेको गीत ‘लौरी टेकौँला’ चर्चामा (भिडियो)

डिसी नेपाल
९ जेठ २०७९ १७:५३
3.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । यस्तैमा साहको समर्थनमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ । रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ ।

बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ । गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथी समेत भएको चर्चा गरेको छ ।

सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहिनको आवाज बन्न समेत अनुरोध गरिएको छ ।

गीतको भिडियो समेत बनेको छ, जसमा बालेनका चुनावी गतिविधिका समेटेर तयार पारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.