गठबन्धनले पाएको मत एक दलको मात्रै होइन, अहिले पनि एमाले ठूलो दल हो : नेम्वाङ (भिडियो संवाद)
काठमाडौं। स्थानीय तह निर्वाचनमा यसअघि ठूलो दल रहेको नेकपा एमाले दोस्रो दलमा सीमित भएको छ। पाँच दलीय गठबन्धन गरेको नेपाली कांग्रेसले ३ सय भन्दा बढी पालिका जित्दा एमाले दुई सय पालिकामा जित हासिल गरेको छ। ६ वटा महानगर मध्ये एमालेले कुनै पनि महानगरमा जित हासिल गर्न सकेको छैन।
तर नेकपा एमालेले भने आफ्नो जनमत नघटेको बरु पार्टी जनतामा लोकप्रिय रहेको दाबी गर्दै आएको छ। एमाले संसदीय दलमा उपनेता सुवास नेम्वाङले पाँच दलीय गठबन्धन गर्दा गठबन्धन एक नम्बर भएर आएको भएपनि पार्टीका रुपमा एमाले नै ठूलो दल भएको जिकिर गरे।
डिसी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धन पहिलो भयो, एमाले दोस्रो भयो। तर, गठबन्धनभित्रका अमुक दल पहिलो हो कि होइन? किनभने त्यो दलको भोट आफ्नो पार्टीको मात्र होइन। कतिपय ठाउँमा त पाँच दल भन्दा पनि बढी दल भएर चुनाव लडेका छन्, त्यसकारण एमालेले पाएको मतलाई हामीले उपलब्धी मानेका छौं।’
एमालेलाई जनताले माया गरेको उल्लेख गर्दै अहिले गठबन्धन पहिलो भएको भएपनि त्यो एक दलको मात्रै मत नभएको नेम्वाङले बताए।
नेता नेम्वाङसँग गरिएको भिडियो संवाद






डिसी नेपाल





Facebook Comment