भरतपुर महानगरकाे मेयरमा रेणु दाहाल विजयी
चितवन। चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन्।
पछिल्लाे मतपरीणामअनुसार करिब ९ सयर मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन्। दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् ।
अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतकाे कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घाेषणा गर्नेछ। उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment