बालेनको मत आधा लाख कट्यो, सुमन सायमीलाई झण्डै ९ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । डेढ लाख मतगणना हुँदा बालेनको मत आधा लाख पुगेको हो ।
१ लाख ५० हजार ९ सय मत गन्दा बालेन शाहले ५० हजार ६१ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३१ हजार २९३ मत पाएकी छिन् ।
एमालेका केशव स्थापितले ३० हजार ६७४ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ८ हजार ८३० मत पाएका छन् ।
अहिले मतगणना भइरहेका सबैजसो वडामा सुमन सायमीले राम्रो मत पाइरहेकाले उनको मत धेरै नै बढ्न सक्ने हनुमान गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment