काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पायो ?

डिसी नेपाल
१० जेठ २०७९ १३:३३
2.9k
Shares

काठमाडौं। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो।

खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ। यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो। अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ।

आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन्। यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो।

काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन्। उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन्। उनले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन्। मतगणना भएकोमध्ये २० मत स्थापितले पाएका छन्।

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.