काठमाडौंमा ३६ हजार मत मात्र गन्न बाँकी, बालेनको ५१ हजारभन्दा धेरै मत

डिसी नेपाल
१० जेठ २०७९ १५:०३
5.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । ३६ हजार मत गन्न बाँकी रहँदा बालेनको अग्रता १९ हजार माथि पुगेको छ ।

१ लाख ५५ हजार ३७ मत गन्दा बालेन शाहले ५१ हजार १८९ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३२ हजार ६२ मत पाएकी छिन् । बालेनले सृजना सिंहसँग १९ हजार १२७ को अग्रता बनाएका छन् ।

एमालेका केशव स्थापितले ३१ हजार ३३६ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ९ हजार २०३ मत पाएका छन् ।

अब काठमाडौंमा ३६ हजार १४ मत मात्र गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.