काठमाडौंमा ३२ हजार मत मात्र गन्न बाँकी, बालेनको अग्रता १९ हजार माथि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । ३२ हजार मत गन्न बाँकी रहँदा बालेनको अग्रता १९ हजार माथि छ ।
१ लाख ५८ हजार १६१ मत गन्दा बालेन शाहले ५१ हजार ९३३ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३२ हजार ६०९ मत पाएकी छिन् । बालेनले सृजना सिंहसँग १९ हजार ३२४ को अग्रता बनाएका छन् ।
एमालेका केशव स्थापितले ३२ हजार ७५ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ९ हजार ४९० मत पाएका छन् ।
अब काठमाडौंमा ३२ हजार ८९० मत मात्र गन्न बाँकी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment