महिलाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेतृ बस्नेतको अगुवाईमा जिल्ला प्रमुखलाई ज्ञापन पत्र
खोटाङ । नेपाली कांग्रेस खोटाङकी नेतृ अनुष्का बस्नेतको अगुवाईमा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई महिला हिंसा न्युनिकरण तथा बलत्कार भइ हत्या भएका महिलाहरुको दोषीलाई कारबाहीको माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएका छन्।
मिति २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यामा संलग्न दोषी पाँचवर्ष वित्दासम्म पत्ता लाग्न सकेको भन्दै बस्नेत सहितको युवाहरुले जिल्ला प्रमुखलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका हुन्।
पत्र बुझाउँदै बस्नेतले भनिन् ‘समाजमा दिनहुँ बलत्कारका घटना सार्वजनिक भइरहेको छ। महिलाहरु ढुक्कका साथ एक्लै हिड्ने अवस्था बनेको छैन। त्यसकारण समाजमा घट्ने यस्ता खाले घटनाको न्युनिकरण तथा दोषीलाई चाँडो कारबाही होस् भनि हामीले जिल्ला प्रमुख ज्यूलाई ध्यानाकर्षण गराएका हौँ।’जिल्लामा यती लामो समय बित्दा समेत दोषी पत्ता नलाग्नु र महिलाहरुले न्यायको अनुभुती गर्न नसक्नु दुखद भएको बस्नेतको भनाई छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment