काठमाडौंमा बालेनलाई भेट्न सिर्जनाले गन्न बाँकी मतको दुईतिहाइ ल्याउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता निकै फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले १९९६२ मतान्तरले अग्रता लिइरहेका छन् ।
बालेनले ५२५७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिहले ३२६१२ मत ल्याएकी छिन् ।
एमालेका केशब स्थापितले ३२४१२ मत ल्याएका छन् । स्थापित भन्दा सिर्जना २०० मतले अगाडि रहेकी छिन् ।
अब यहाँ ३२ हजार मत गणना हुन बाकीँ छ । बालेनलाई भेट्न सिर्जनाले गन्न बाँकी मतको दुई तिहाइ मत ल्याउनुपर्नेछ ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment