तुलसीपुरको मतगणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेकाे जित सुनिश्चित
स्थानीय तह निर्वाचनकोलागि तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखमा टिकाराम खडका र उपप्रमुमा स्यानी चौधरीले उम्मेदवारी दिएपछि सामूहिक तस्वीर खिचाउँदै। तस्वीर नारायणी रजौरे रासस दाङ
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ। अब तीन हजार १७० मत गन्न बाँकी छ। अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन्।
खड्काले ३० हजार ३५ मत प्राप्त गर्नुभएको छ भने उजका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्। तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ।
उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन्। उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन्। चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने रानाले २० हजार १४४ मत प्राप्त गरेका छन्।
उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ। अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो।







डिसी नेपाल







Facebook Comment