बालेनको भोट ५६ हजार माथि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५६ हजारभन्दा धेरै भएको छ । १ लाख ७३ हजार ६१८ मत गणना हुँदा बालेनले ५६ हजार २५५ मत पाएका छन् ।
उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ६४३ मत ल्याएकी छिन् । एमालेका केशव स्थापितले ३५ हजार ३ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ५३९ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment