अम्लेखगञ्जमा खानेपानीको समस्या, पिउनका लागि पानी छैन
बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ। वर्षायाममा धमिले र हिउँदमा सुक्खाका कारण समेत उनीहरुलाई दुख हुने गरेको छ।
पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरुको सधैंको बाध्यता बनेको छ। १ सय २३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता रहेकोछ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन्।
खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय समेत संकटमा पर्न थालेका छन्। खानेपानीको लागि न त सरकारले कुनै बिकल्प खोजेको छ न त स्थानिय सरकारले नै चासो दिएको छ। स्थानिय तथा केन्द्रिय सरकार दुबैले चासो नदेखाय पछि बाध्य भएर खोलाको पनि नै खाने गरेको स्थानिय कृष्ण बहादुर बिकले बताए।
यता खोलाको र मुहानको पानि सिधै पिउने गर्दा स्थानिय बिरामि भएका छन, पिउन सम्म पानीको अभाव रहेकोहुदा खोलाको पानी सेवन गर्दा बिरामीसमेत हुनु परेको माया देबि लामाले बताईन्। स्थानीय बासिहरुलाई खानेपानी सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउनै गा¥हो हुन्छ तर यथार्तमा यस ठाँउमा पानीको निकै हाआकार रहेको छ।
पानी सङ्कलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो। चुरे पहाडकै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउनै गा¥हो पर्छ। पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाडकै काखमा रहेको यस बस्तीमा खानेपानीको समस्या सा¥है दुःखदायी रहेको छ।
हेर्नुहोस् भिडियो:







डिसी नेपाल








Facebook Comment