उदाउँदी अभिनेत्रीले २१ वर्षको उमेरमै आत्महत्या गरिन्, सुसाइड नोटमा झुटो कुरा किन लेखिन् ?
काठमाडौं । बंगाली मनोरन्जन उद्योगबाट धेरै स्तब्ध पार्ने खबर बाहिर आएको छ। २१ वर्षीया मोडल तथा अभिनेत्री बिदिशा डे मजुमदारले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
बुधबार विदिशाको शव आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको थियो । नवोदित मोडल तथा अभिनेत्रीको आत्महत्याको खबरले सबैलाई स्तब्ध बनाएको छ ।
नगर बजारमा भाडाको फ्ल्याटमा बस्ने बिदिशाले त्यहीँ आत्महत्या गरेकी हुन् । बुधबार साँझ प्रहरीले मोडलको फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो । फ्ल्याटको ढोका भित्रबाट ताला लगाएको थियो, जसलाई तोडेर प्रहरी घर भित्र पसेर बिदिशाको शव पोष्टमार्टमका लागि पठाएको थियो ।
रिपोर्टका अनुसार बिदिशा ४ महिनाअघि मात्र नगर बजारमा बस्न थालेकी थिइन् । प्रहरीले यो सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ । स्रोतबाट प्राप्त जानकारीका अनुसार प्रहरीले बिदिशाको घरबाट सुसाइड नोट पनि फेला पारेको छ ।
प्रेमीका कारण उनी डिप्रेशनमा परेको बिदिशाका साथीहरु बताउँछन् । बिदिशाकी नजिककी साथी दिया दासले उनी डिप्रेसनमा रहेको बताइन् । बिदिशाका ब्वायफ्रेन्ड अनुभबका थप ३ वटा गर्लफ्रेन्ड पनि थिए र बिदिशाले उनलाई अरु केटीसँग सेयर गर्न चाहँदैनथिन् ।
यो विषयलाई लिएर उनी डिप्रेसनमा थिइन् । सुसाइड नोटमा उनले क्यान्सरबाट पीडित भएको बताए पनि खासमा उनलाई क्यान्सर थिएन । तर, प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment