ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् ।
उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment