स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको छः उपसभापति खड्का

डिसी नेपाल
१२ जेठ २०७९ १६:३१
44
Shares

चितवन। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत गरेको चर्चा गर्दै उनले भने “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।

” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरेका छन्।राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.