विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

डिसी नेपाल
१३ जेठ २०७९ १४:३३
116
Shares

उदयपुर। नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ।

उदयपुरको रौतामाई गाउँपालिका-६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेकाे हाे।

बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति छ।

बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएकाे छ। प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.