निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने फैसला दुर्भाग्यपूर्णः युवा संघ

डिसी नेपाल
१३ जेठ २०७९ १४:५५
172
Shares

काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै नेकपा एमाले निकट भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालले आपत्ति जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै युवा संघले अदालतको फैसला जनताको हितविपरित रहेको जनाएको छ।

यस फैसलाबाट शक्तिपृथकीकरणको सिद्धान्त विपरित कार्यकारीको क्षेत्राधिकारमाथि गलत परम्पराको थालनी भएको विज्ञप्तिमा भनिएको छ। ‘अदालतको फैसला न्यायिक हिसाबले त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्धमा छ।विकास निर्माणको महत्वपूर्ण परियोजनामा नै रोक लगाउने खालको न्यायिक सक्रियता अस्वभाविक देखिन्छ,’ युवा संघले भनेको छ।

बिहीवार सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको हो। अदालतले सरकारलाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.