लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ
कञ्चनपुर। लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार शनिबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५.९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको हो।
उनका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन्।
से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११.५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए।
मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै जनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शङ्का लागि जाँच गर्दा फेला पारेको हो।
लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ। चार दिनअघि मात्रै प्रहरीले बेलौरी क्षेत्रबाटै चार जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो।







डिसी नेपाल








Facebook Comment