‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

डिसी नेपाल
१५ जेठ २०७९ १०:०३
32
Shares

लुम्बिनी। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले लाखौँ बेरोजगार, एकछाक खान मुस्किल भएका अति विपन्न श्रमिक वर्गलाई स्वरोजगारको व्यावहारिक सुनिश्चित गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुने उल्लेख गरे।

शुभकामना सन्देशमा भनिएको छ “ राष्ट्रिय एकताको बलमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय औद्योगिक विकास अनिवार्य सर्त छ र विकल्प रहितप्रणको आवश्यकता छ आजको दिनले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मलाई आत्मसात् गर्दै समावेशी र समानुपातिक तीन तहको शासन व्यवस्थाको माध्यमबाट भ्रष्ट्राचाररहित, बेरोजगाररहित समृद्ध उन्नत सुशासन र दीगो शान्तिको देश बनाउन सकौँ मेरो शुभकामना छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.