पाइलटको मोवाइलमा घण्टी बज्यो, जिपिएसबाट लोकेसन ट्रयाक गरिँदै
काठमाडौं। हराइरहेको तारा एयरको विमानका पाइलटको मोवाइलमा घण्टी बजेपछि त्यही मोवाइलको जिपिएस लोकेसनको आधारमा विमानको खोजी अगाडि बढाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार मोवाइलको जिपिएस लोकेसन मुस्ताङको टिटी लेक वरपर देखिएको छ र त्यसैका आधारमा ट्रयाक गर्ने प्रयास भइरहेको छ ।
क्याप्टेन प्रभाकर घिमिरेको फोन अन छ र उनको फोनमा घण्टी गइरहेको छ । फोनको लोकेसन ट्रयाक गर्दा लेते आसपास देखिएको छ । यसैका आधारमा खोजी पनि त्यही क्षेत्रमा केन्द्रित गरिएको छ । क्याप्टेनको मोवाइलको लोकेसन लेते देखाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment