म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

डिसी नेपाल
१५ जेठ २०७९ २१:५०
804
Shares

काठमाडौं । सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने बताए ।

सरकारले ‘विजनेस इनक्युवेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम दिने उल्लेख गर्दै उनले स्थानीय तह, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ‘विजनेस इनक्युबेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिने जानकारी दिए ।

देशको जनसाङ्ख्यिक लाभको रूपमा रहेका युवाका उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यावसायिक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । बजेटमा युवालाई उत्पादनमूलक उद्यममा आकर्षण गर्न तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्ट अप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री शर्माले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *