बालेन शाहको पहिलो निर्णय : नगरसभा बैठकको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पदभार ग्रहण गरेका छन्। राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए।१६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन्।
वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन्।

काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको पनि उनले स्पष्ट पारेका छन्। उनले सिसडोलवासीलाई बस्ने राम्रो वातावरण नभएसम्म अरु काम नगर्ने पनि बताए।






डिसी नेपाल





Facebook Comment