काठमाडौंको फोहाेरबारे अध्ययन गर्न कार्यदल गठन, यस्ता छन् ५ निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ ।
वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए ।
सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।
यस्ता छन् ५ निर्णय
परिचय कार्यक्रम–पारित।
भोट दिनेहरूलाई धन्यवाद –पारित।
मेयरको अध्यक्षतामा ५\६ जना वडाअध्यक्ष रहनेगरी फोहोरमैला व्यवस्थापन सम्बन्धी समिति बनाउने निर्णय तर, नाम उल्लेख भएको छैन।
सार्वजनिक रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने महानगरबासीको गुनासो सुन्नको लागि कल सेन्टर स्थापना गर्ने
भत्केको बाटो तत्काल मर्मत गर्न कल सेन्टर मार्फत् इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालन ।
विविध ३१ नम्बर वडाको बाटो बनाउने लगायतका ६ निर्णय गरेर कार्यपालिका बैठक सकिएको छ।







डिसी नेपाल








Facebook Comment