राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

डिसी नेपाल
१९ जेठ २०७९ १०:१७
64
Shares

हेटौंडा। राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन्। हेटौंडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन्। जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी काल देखि नै राजनीतिमा संलग्न थिए।

प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *