राजा वीरेन्द्रकाे शालिक राख्ने क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप
फाइल फाेटाे।
काठमाडौं। राप्रपाका कार्यकर्ताहरुले नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहारी र राप्रपाका कार्यकर्ताबीच झडप भएको छ।
राप्रपाका युवाले बिहीबार बिहान सो चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राख्नेक्रममा झडप भएको हो। शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो।
सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले वीरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाउदा झडप भएको बताए । त्यसक्रममा झडप नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर पनि भएको उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment