पोखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

डिसी नेपाल
१९ जेठ २०७९ १६:३७
240
Shares

पोखरा । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन ।

‘हारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ,’ उनले भने, ‘तर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो ।’ उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.