काठमाडौंका मेयर र उपमेयर सिसडोलमा

डिसी नेपाल
२० जेठ २०७९ ९:०८
1.6k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन्। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए।

मन्त्री झाक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.