संसदमा ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक
काठमाडौं।संसदमा ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरिएको छ ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका हुन् ।
आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका थिए । यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७/र०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment